सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँको निवासबाट प्रेस चौतारी, कैलालीले होली कार्यक्रम सुरु गरेको छ। प्रदेश प्रमुख मियाँले टीका लगाएर होली कार्यक्रमको शुभारम्भ गरेका हुन। उनले चौतारीको होली कार्यक्रम सफलताको शुभकामना दिएका छन्।

प्रेस चौतारी नेपाल, कैलालीले तीन दिनसम्म होली खेल्ने अध्यक्ष जनक विष्टले बताए। संस्कृति सम्बद्धन र मौलिकता पर्बन्धन अभियान अन्तर्गत होली कार्यक्रमको सुरुवात गरिएको हो। कैलाली जिल्लाको टीकापुरदेखि धनगढीसम्म होली खेल्ने उनले बताए। बुधवार धनगढीबाट सुरु भएको होली कार्यक्रम फूलबारी, टीकापुर, बौनिया हुँदै सुखडसम्म पुग्ने छ। बिहिवार गौरीगंगन नगरपालिका क्षेत्रमा प्रेस चौतारी कैलालीले होली खेल्ने छ। शुक्रवार धनगढी क्षेत्रमा होली खेल्दै कार्यक्रम रहेको छ।



