घोडाघोडी नगरपालिकाको एक गोठमा आगलागी भएको छ । नगरपालिकाकोे १२ नम्बर शिबपुर बस्ने खुकुरी चौधरीको गोठमा नजिकै बालेको आगोबाट आइतवार आगलागी भएको हो ।

आगलागी हुँदा काठ, भुसा, मोटरसाइकल लगायतका सामान गरी अन्दाजी तिन लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा मानविय तथा चौपाय क्षती नभएको र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।


प्रकाशित :- २०८१ फाल्गुन २६, गते सोमबार

