बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा डोगडीबाट बुढिगंगा तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बुढिगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको ट्याक्टरको ट्रली मुनी च्यापिई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ट्याक्टरमा सवार अन्य तीन जना मध्ये चालकको छोरा १२ वर्षीय छोरा शमशेर रावत घाईते भएका छन्। घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरी ले जनाएको छ । अन्य दुई जना सकुशल रहेका छन्। ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी ट्याक्टरको ईन्जिनको भाग २५० मिटर र ट्रली ५० मिटर तल खसेर आइतवार राति ११ बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।



