नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगमको बैठकले गए रातीदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १ सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ६७ रुपैयाँ कायम भएको छ ।
यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ६० रुपैयाँ तोकिएको निगमले जनाएको छ ।




