कैलालीको घोडाघोडीमा रहेको न्यू स्टार इङ्लिश बोर्डिङ स्कुलले वसन्त पञ्चमी (सरस्वती पुजा) को अवसर पारी उक्त दिन अक्षरारम्भ कार्यक्रम गर्ने भएको छ ।

‘शिक्षा र संस्कारको संगम’ आफ्नो मुख्य नारा बनाएको न्यू स्टार पछिल्लो समय गुरस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । आफूलाई एक सक्षम शैक्षिक धरोहरका रूपमा उभ्याउन समय समयमा विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सोही अन्तर्गत सरस्वती पूजाको दिन पनि उसले विशेष छुटमा प्ले ग्रुप, नर्सरी, एल के जी, यु के जी का लागि बिहान १०:३० बजे देखि साँझ ४ बजेसम्म भर्ना अभियान गर्न अक्षरारम्भ कार्यक्रम गर्ने भएको हो ।
आफ्नै सुविधा सम्पन्न भवन भएको न्यू स्टारले बालबालिकालाई खेल्नका लागि चिल्ड्रेन पार्क समेत निर्माण गरेको छ । सुविधा सम्पन्न बालमैत्री कक्षा कोठा, उचित खेल मैदान, शान्त एबं मनोरम वातावरणमा आफ्नो स्कूलले शिक्षा प्रदान गर्दै आइरहेको सञ्चालक परशुराम भण्डारीले जानकारी दिएका छन् । स्कूलले विद्यार्थीलाई स्कुल ल्याउन र घर पुर्याउनको लागि आफ्नै बसहरू पनि सञ्चालन गरेको छ ।
वसन्त पञ्चमीलाई अक्षरको सुरुवात गर्ने दिनको रूपमा चिनिदै आएकाले उक्त दिनमा नै न्यू स्टारले पनि अक्षरारम्भ कार्यक्रम गर्न लागेको बताएको छ । सिर्जनशील शिक्षा प्रदान गर्नु आफूहरुको मुख्य जिम्मेवारी रहेको पनि सञ्चालक भण्डारीले जानकारी दिएका छन् ।



