कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित एक जना पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँबाट सोही ठाउँ बस्ने २७ वर्षीय खेमराज राना पक्राउ परेका हुन् ।
रानालाई १ सय ४० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित :- २०८१ माघ ८, मंगलवार ११:३८


