नयाँ खेलाडीको पहिचान गरि नेपाली क्रीकेटलाई अब्बल बनाउने उदेश्यले काठमाडौंकाे पेप्सीकाेलामा रहेकाे नेक्सस क्रिकेट एकेडेमीले २ सय जनाका लागि २० दिने नि:शुल्क एसइई क्रीकेट क्याम्प संचालन गर्ने भएको छ । आफ्नो पाचौं संस्करण अन्तर्गत चैत्र २८ गते देखि बैशाख १८ गते सम्म मुलपानी क्रीकेट रंगशाला र एकेडेमी मैदानमा क्याम्प संचालन गर्ने नेक्ससका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिए ।
क्याम्पमा बिगत झै यस वर्ष पनि एसइई दिने विद्यार्थीहरुलाई प्राथमिकता दिइने छ । इच्छुकले सहभागिताका लागि अनलाइन फारम भर्नु पर्ने छ । फारम भरेका पहिलो २ सय जना क्याम्पमा सहभागी हुने पाइने एकेडेमीले जनाएको छ ।
“हामीले संचालन गरेको एसइई क्रीकेट क्याम्प नेपाली क्रीकेट खेलाडी उत्पादनमा कोसेढुङ्गा साबित भएको छ । पाचौं संस्करण सम्म पुग्दा नेपालकाे यू-१९ टिमका खेलाडी उत्तम थापा मगर र यू-१६ का अशाेक धामी लगायतका दर्जन खेलाडी उत्पादन भएका छन् ।” अध्यक्ष शाहीले भने ।
क्याम्पमा सहभागी खेलाडीलाई पाकिस्तानी खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बाेर्डबाट लेभल १ गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र बरिस्ठ नेपाली प्रशिक्षक हरूले प्रशिक्षण दिने छन् ।
प्रकाशित :- २०८० फाल्गुन १९, गते शनिबार