
कैलालीको टीकापुरमा अवैध काठसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ ।


इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको गस्ती प्रहरी टोलीले टीकापुर नगरपालिका-५ भगरैयाका ४७ वर्षीय खुसिराम चौधरीलाई पक्राउ गरेको जनाएको छ । टीकापुर नगरपालिका– १ खडक चोकबाट अवैध काठ सहित चौधरीलाई नियन्त्रणमा लिएको हो ।
नम्बर पिलेट स्पष्ट नदेखिने चौधरीले चलाएको ट्याक्टरमा अवैध खयरको काठ १९ थान गोलिया ९५.८९ (क्युफिट) फेला पारी काठ सहितको ट्याक्टर र चालक चौधरीलाई आवश्यक कारवाहीको लागि सबडिभिजन वन कार्यालय टिकापुरमा बुझाएको प्रहरीले जनाएको छ ।




