कैलालीको धनगढीबाट अवैध लागुऔषधसहित एक १७ वर्षीय किशोर प्रहरीको फन्दामा परेका छन् ।

शनिबार धनगढी उपमहानगरपालिका–३ ब्यारेलस्थित जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–३ का १७ वर्षीय बसन्त बिष्ट ६८० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।


प्रकाशित :- २०८१ भाद्र २२, गते शनिबार

