
सोमबार देशैभर मौसम बदली भै देशका धेरै जसो स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको जारी गरेको मौसम बुलेटिनका अनुसार अहिले देशभर बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।


आज दिउँसो सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी प्रदेशको पहाडी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
राति कोशी, बाग्मती र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे जारी बुलेटिनमा उल्लेख छ ।




