
कैलालीको जानकीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन् ।


जानकी गाउँपालिका–५ बस्ने ४५ वर्षीय तिले साउद पक्राउ परेका हुन् । साउदलाई जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा १८ हजार ४ सय ४० जरिवाना तोकेपछि फरार रहेका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट बिहीवार पक्राउ गरेको जनाएको छ ।





प्रकाशित :- २०८१ श्रावण २५, गते शुक्रबार