काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बित महामन्त्री डाक्टर मुकुल ढकालले आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न भन्दै निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।
पत्रमा ढकालले पदमुक्त गरिएको बारे आफूलाई जानकारी नभएको भन्दै यस्तो आग्रह गरेका हुन् । निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई भनेका छन् ।
उनले आफ्नो उपस्थिति बिना बसिएको कुनै पनि बैठक अवैधानिक हुने दाबी पनि पत्रमा गरेका छन् ।
प्रकाशित :- २०८१ श्रावण १३, आईतवार १३:५१


