कैलाली : कैलालीको गोदावरीमा लागू औषध सहित एक जना युवक प्रहरीको फन्दामा परेका छन् ।
गोदावरी नगरपालिका–२, बसपार्कमा आज दिउसो लागू औषधको कारोबार भई रहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले युवकलाई नियन्त्रणमा लिएको हो । अनुसन्धान टोलीले डडेल्धुराको परशुराम नगरपालिका–१२ का ३२ वर्षीय बिनोद घिमिरेलाई शङ्कास्पद रूपले बसी रहेको अवस्थामा फेला पारेको थियो । शङ्कास्पद लागेपछि खानतलासी गर्दा उनको साथबाट १२ थान फेनरगन र १२ थान बुप्रेनर्फिन इन्जेक्सन सहित प्रयोग गरेका २ थान सिरिन्जका साथै केही नगद पनि फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
त्यस्तै एक थान मोबाइल पनि जफत गरि उनको साथबाट जम्मा भएको लागू औषध बरामद गरेको छ ।
उनलाई मालाखेतीमा ल्याई अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।


