चितवन : त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ ।
तीमध्ये दुई जनाको शव भने भारतस्थित पश्चिम चम्पारणमा भेटिएको हो । भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपाल तर्फ ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
असार २८ गते वीरगञ्जबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स सिमलतालमा आएको लेदो सहितको पहिरोमा परी त्रिशुलीमा खसेका थिए ।
उक्त दुई बसमा चालक सहित ६५ जना यात्रु रहेकामा ३ जना भने सकुशल फेला परेका थिए ।
सशस्त्र प्रहरीका अनुसार भेटिएका २४ जना मध्ये ९ जनाको सनाखत हुन सकेको छैन । ७ जना पुरुष र दुई जना महिलाको शव सनाखत गर्ने प्रयास भइरहेको छ ।
सनाखत भएका शवको विवरण :
१. ऋषिपाल शाह, भारत
२. विकाश परियार, चितवन
३.रमितकुमार माझी, सर्लाही
४. जयप्रकश ठाकुर, भारत
५. सजाद अन्सारी, भारत
६. सुदिप बिक, चितवन
७. प्रमानन्द पण्डित, बारा
८. किशोरकुमार चौधरी, गणपति डिलक्सको चालक ।
९. अशोककुमार यादव, रौतहट
१०.ऋषिकुमार सिंह, रौतहट
११. विवेक कुमार, भारत
१२. जितेन्द्रराम महरा, सर्लाही
१३. चन्द्रप्रभा कुमारी, पर्सा
१४. अमृता कुमारी, रौतहट ।
१५. तुल्सी दास, रौतहट यमुनामाई गाउँपालिका-५ ।


