
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।

बिहीबार प्रदेश सभामा उनले पक्षमा २८ मत पर्यो । जहाँ विपक्षमा शून्य मत पर्यो । जहाँ बहुमतका लागि २७ मत आवश्यक पर्छ । सोडारीलाई नेकपा एमालेका ११, माओवादीका १०, समाजवादीका ४, नागरिक उन्मुक्ती रञ्जिता पक्षका २ र एक स्वतन्त्र सांसदले बिश्वासको मत दिए ।
तर उता कांग्रेस, उन्मुक्ति रेशम पक्ष र राप्रपाका सांसदहरूले भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए

प्रकाशित :- २०८१ जेष्ठ ३, गते बिहीबार