बझाङ : शुक्रबार बझाङबाट काठमाडौं जाँदै गरेको बस गुडि रहेको थियो तब माथिबाट पहिरो खस्यो । धन्न बस भने ठुलो दुर्घटनाबाट जोगिएको छ ।
बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँमा पहिरो खसेको छ । तर, संयोगबस् बस गुडेर केही फिट अगाडि पुगेको अवस्थामा माथिबाट पहिरो खसेको थियो ।
पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ पुगएको थियो ।
प्रकाशित :- २०८१ श्रावण ४, शुक्रबार १६:५७


