कञ्चनपुर : कञ्चनपुरकाे भीमदत्तमा आज गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका ९ की ४२ वर्षीया कौशादेवी जोशीको गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८१ बैशाख २, गते आईतवार