कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी स्थिति चौधर नदीमा आएको बाढीले नहर फुटाएको छ । बेलडाँडी गाउँपालिका-५ स्थित गणेश माध्यमिक विद्यालय भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले शिवनगरमा मेन नहर फुटेको हो ।
नहर फुटेपछि चौधर नदीको पानी बस्तीमा पसिसकेको महाकाली सिँचाइ जल उपभोक्ता समितीका केन्द्रिय अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार ईमिलिया, झिलमिला, बैवाह, चवन्नी, खौरिघाट र बेलौरी नगरपालिका भुडा, शिवनगर, सडघाटका गाउँ डुबानको जोखिममा छन् । थापाका अनुसार २०६५ सालमा बेलडाँडीमा चौधर नदी बस्तीमा पस्दा ठूलो क्षती पुगेको थियो ।