
काठमाण्डौ : नेपाल क्रिकेट सङ्घ क्यानले म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय खेलाडी मोहम्मद आदिल आलमकोे निलम्बन फुकुवा प्रक्रिया सम्बन्धमा निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।


क्यानको बिहीबार बसेको बैठकले फुकुवा प्रक्रिया अगाडि बढाउन सङ्घको अनुशासन समितिलाई १ हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।




प्रकाशित :- २०८१ असार २१, गते शुक्रबार