कैलालीमा करिब एक लाख मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ बाट प्रहरीले ९१ हजार १ सय मूल्य बराबरका सामान शनिवार राती बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार बरामद भएका कुर्ता सुरुवाल, सुट र थान कपडाहरू आइतबार कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखा बाट खटिएका प्रहरी टोलीले बेवारिसे अवस्थाको सामान फेला पारेको थियो ।



प्रकाशित :- २०८१ असार ९, गते आईतवार

