कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । एस.आई. एल ईन्टरनेशनल नेपालको आयोजना मा स्थानिय परियोजना सल्लाह समितिको बैठक सम्पन्न भएको थियो । हिमाली आदिवासी समाज काठमाडौँको साझेदारीमा सञ्चालित कठरीया भाषा पढाई प्रवाह परियोजनाले कैलालीका विभिन्न क्षेत्रका काम गरिरहेको छ ।
कठरिया समुदायको बसोबास रहेको १५ वटा कठरिया गाउँहरूमा कठरिया भाषा पढाई प्रवाह परियोजना लागु गरिएको थियो । परियोजना एस.आई.एल.ईन्टरनेशल नेपाल र हिमाली आदिवासी समाज नेपाल काठमाडौँको साझेदारीमा भएको थियो । कठरिया भाषा पढाई प्रवाह परियोजना अन्तरगत जिल्लाको कोटा, तपा, सिसैया, बगुलइहिया, चर्रा, मुनुवा, लक्कड, घुसरी, सुगरखाल, सिमरी, तुल्सिपुर, भुरवा, मुडा गाउँ, पबेरा र लौसा गरी १५ वटा गाउँमा कठरिया भाषा सरासर पढ्ने, लेख्ने गरी एक महिने कक्षा संचालन गरिएको थियो ।


