डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव ५८ वर्षीय खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । उनी नगरपालिकाकै स्याउले नजिक खाल्डोमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनले चलाएको से ५ प २८०३ नम्बरको मोटरसाइकल समेत खाल्डोमै भेटिएको छ । उनको दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भने भइरहेको छ ।
मृतकको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ । बैतडीको पाटन नगरपालिका १ मा घर भएका मृतक पन्त यस अघि अमरगढी नगरपालिका वडा नम्बर १० का सचिव थिए ।