विश्व वातावरण दिवसको अवसरमा घोडाघोडी जेसिजले घोडाघोडीको एक विद्यालयमा वृक्षारोपण गरेको छ । घोडाघोडी जेसिज वर्ष २४का अध्यक्ष दीपक बहादुर चन्दको सहभागितामा घोडाघोडी नगपालिका वडा नम्बर १मा रहेको जनज्योति माध्यमिक विद्यालयमा विभिन्न जातका २५ वटा बोटविरुवा रोपिएको हो ।
त्यस अवसरमा विद्यालयका प्र.अ. दीपेन्द्र सुवेदी,पुर्व प्र.अ. बक्त बहादुर शाही, विद्यालयका शिक्षक विद्यार्थी लगायत जेसिज घोडाघोडी वर्ष २४ का महासचिव कलक जङ्ग सिंह, उपाध्यक्ष कपिल सापकोटा,उपाध्यक्ष गोपाल चापागाईँ, कोषाध्यक्ष पदम सापकोटा,सचिव वीरेन्द्र शाह,मिडिया संयोजक खेम ढुङ्गानाको सहभागिता थियो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।


