कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–४ भालुफाँटा स्थित पुर्व–पश्चिम राजमार्गमा म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय कमल तिरुवाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
ट्रक र मोटरसाइकल मंगलवार राति ११:५५ बजेको समयमा एक आपसमा ठोक्किएर दुर्घटना हुदाँ तिरुवा गम्भिर घाइते भएका थिए। उनको मंगलवारनै १ः४० बजेको समयमा उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक दोलखाको बिगु गाउँपालिका–४ बस्ने ५० वर्षीय पदमबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।




