नेकपा एमाले घोडाघोडी नगर कमिटिकोे अध्यक्षमा हेम सापकोटा विजयी भएका छन् । आज शुक्रवार भएको निर्वाचनमा एमालेका युवा नेता सापकोटा ८८ मत सहित विजयी भएका हुन् । सापकोटाका प्रतिद्वन्द्वी चक्र बहादुर विष्टले ७८ मत मात्र पाएका छन् । अध्यक्षका प्रत्याशी रमेश कुमार बस्नेतले २७ र गङ्गा राम कँडेलले ६ मत पाए ।
त्यस्तै उपाध्यक्षमा कृष्ण शाह १४३ मत ल्याएर विजयी भएका छन् भने शाहका प्रतिद्वन्द्वी हिरालाल गिरीले ३९ मत पाएका छन् । सचिवमा राजेन्द्र बम (राजु)१०१ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेम बहादुर रोकायाले ७७ मत पाए भने अर्का उम्मेदवार हरिलाल सापकोटाले २१ मत पाए ।
उप सचिव खुलाबाट गगन कठायत विजयी भएका छन्। कठायतले ६४ मत ल्याए। उनका प्रतिद्वन्द्वी दूतीराम चौधरीले ४९ मत पाए। उपसचिव कै उम्मेदवार पदम राज गौतमले ४० र मान सिंह वडालले २७ मत पाए । त्यस्तै उप सचिव महिलामा विमला रावल विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी रन्जु पोखरेलले ७९ मत पाइन् ।


