प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य स्वर्गीय दीर्घबहादुर खत्रीको निधनपछि, प्रेस चौतारी नेपाल प्रदेश समितिले खत्रीको घरमै पुगेर शोकाकुल परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुका साथै समवेदना प्रकट गरेको छ।
सुदूरपश्चिम प्रदेश इन्चार्ज दिलबहादुर छत्याल, सह-इन्चार्ज सुशील ढुङ्गाना, कैलाली जिल्ला इन्चार्ज हरि जोशी, प्रदेश उपाध्यक्ष मिना ठकुरी, महासचिव भानुभक्त आचार्य, सचिव खेम ढुङ्गाना लगायतको टोलीले संगठनबाट संकलित रु. ५२,१२५ (बाउन्न हजार एक सय पच्चीस) नगद रकम शोकसन्तप्त परिवारलाई हस्तान्तरण गरेका हुन्।
सहयोग तथा समवेदना कार्यक्रममा प्रेस चौतारीका नेता गोविन्द रोस्यारा, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाह, महासचिव शिवराज भट्ट, सचिव इन्दु केसी, कैलाली उपाध्यक्ष विराज रोस्यारा लगायतका पत्रकारको उपस्थिति रहेको थियो।


