सुखड: भारतमा आज सम्पन्न हुन लागेको १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिको छिनोफानो आज हुन लागेको छ । जा कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद उपाधिका लागि भिड्दै छन् । खेल चेन्नाईमा नेपाली समयअनुसार राति पौने ८ बजे देखि सुरु हुनेछ ।

गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले पाखा लगाउँदै कोलकाता फाइनलमा पुगेको थियो । अस्ति शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँगकाे फाइनलकाे भेट पक्का गरेको हो ।
कोलकता आईपीएल क्रिकेटको दुई पटकको उपाधि विजेता टोली हो । भने हैदरावाद एक पटकको उपाधि विजेता टोली हो । कोलकाताले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।
यस पटक यी दुवै टोलीले सुरुवाती चरण देखि नै आफूलाई उपाधिको दावेदारको रुपमा प्रस्तुत गरी रहेका थिए । जारी संस्करणमा निकै बलिया रहेका यी दुई टोली आज आफ्नो पक्षमा बाजी मार्ने लक्ष्यका साथ मैदान उत्रिने छन् ।
अर्को रोमाञ्चक कुरा त के भने यसका पटकको आईपीएलमा यी दुई टोलीले खेलाडी माथि पैसाको खोलो नै बगाएका थिए । हैदरावादले कप्तान प्याट कमिन्सलाई २० करोड ५० लाखमा अनुबन्ध गर्दा कोलकाताले तीब्र गतिका बलर मिचेल स्टार्कलाई २४ करोड ७५ लाखमा अनुबन्ध गरेको थियो । उसो त तत्कालिन समयमा आईपीएलकाे अक्सन हुने बेला भर्खरै २०२३ काे एकदिवसीय विश्वकप भारतमा सम्पन्न भएको थियो । जसकाे उपाधि अस्ट्रेलियाले उचालेको थियो । त्यसकै प्रभावका कारण पनि अस्ट्रेलियन खेलाडी माथि पैसाको खोलो बगाएका थिए ।
कमिन्स एक सफल कप्तान पनि मानिन्छन् ।



