काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

शुक्रबार सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहिबार सुन तोलामा १ लाख ३८ हजार ७ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँ थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोछ।



