राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा बनेका संरचना खालि गर्न नगरपालिका तयार रहेको नगर प्रमुख खडक रावतले बताएका छन्।
सञ्चारकर्मीहरु सँगको कुराकानीमा नगर प्रमुख रावतले विद्यालयले नै सूचना निकाल्ने तर एक्सनमा जान नसकेको बताउँदै यदि विद्यालयले आवश्यक प्रक्रिया पुरा गरी नगरपालिकाको सहयोग मागे आफू जुनसुकै बेला तयार रहेको बताएका हुन्।
राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको जग्गामा बनेका संरचना खालि गर्ने भन्दै विद्यालयले पटक पटक सूचना जारी गरेपनि खालि गर्न सकेको छैन।
बुधबार अन्तिम पटकका लागि भन्दै विद्यालयले पुनः सूचना जारी गरेको छ।
विधालयले जारी गरेको सूचना
प्रकाशित :- २०८१ जेष्ठ २, गते बुधबार