कैलालीको बर्दगोरियामा रहेको दोदोधरा अस्पतालले इमरजेन्सीका लागी २४ घण्टे सेवा सुरु गरेको छ । गत वैशाखबाट सेवा सुचारु गरेको अस्पतालले सेवाग्राहीको सहजताका लागी इमरजेन्सी सेवा सुचारु गरेको बताइएको छ ।
सञ्चालनको छोटो समयमै २४ सैं घण्टा इमरजेन्सी सेवा दिन थालेको अस्पतालले चाँडै विशेषज्ञ सेवा सुरु गर्ने पनि बताएको छ । ओ.पी.डी. सँगै अहिले ल्याब र फार्मेसी सेवा समेत सुचारु गरेको छ । भने एक्स-रे मेसिन जडानको काम भइरहेको छ । एक्स-रे सेवा सुचारु भए सेवाग्राहीलाई थप सहज हुने भएको छ । अस्पताल सञ्चालनमा आए सँगै सामान्य समस्याका लागी बाहिर जानु पर्ने स्थानीयको बाध्यता हटेको छ ।