कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज पाँचौँ दिनमा पनि तीन खेल सम्पन्न भएका छन् । बिहान भएको पहिलो खेल मङ्गल युवा क्लब गौरीगंगा र नैनादेवी युवा क्लब धनगढी बिच भएको थियो । जसमा मङ्गल युवा क्लबले १ गोल प्रहार गर्दे विजय भयो । निर्धारित खेल समयमा नैनादेवी युवा क्लब धनगढी गोल मात्र फर्काउन सकेन । बिहान भएको खेलको म्यान अफ द म्याच मङ्गल युवा क्लब गौरीगङ्गाका खेलाडी रूपक चौधरी भएका थिए ।
त्यसै गरी दिउँसो सम्पन्न भएको दोस्रो खेलमा मसुरीया फुटबल एकेडेमी र साइपाल युवा क्लब गोदावरी बिच भएको थियो । निर्धारित समयमा १–१ को बराबरीमा खेल भएको थियो । निर्धारित समयमा दुई वटै टिमको स्कोर बराबरी भए पछि अन्तिममा पेनाल्टी सुट आउट भएको थियो । पेनाल्टी सुट आउट साइपाल युवा क्लब गोदावरीले ३ गोल प्रहार गर्दे मसुरीया फुटबल एकेडेमी हराएको थियो । पेनाल्टी सुट आउट मसुरीया फुटबल एकेडेमी २ गोल मात्र हान्न सक्यो । उक्त खेलको म्यान अफ द म्याच भने साइपाल युवा क्लब गोदावरी गोल रक्षक दिनेश नेपाली घोषित भए ।
आजै भएको दिउँसो तेस्रो खेलमा युवा मिलन क्लब भजनी र धनगढी युवा क्लब धनगढी बिच खेल भएको थियो । जसमा धनगढी युवा क्लबले ३ गोल प्रहार गर्दे युवा मिलन क्लब भजनीलाई हराएको थियो । निर्धारित खेल समयमा युवा मिलन क्लब भजनीले गोल फर्काउन सकेन । उक्त खेलको म्यान अफ द म्याच धनगढी युवा क्लब धनगढीका गणेश चौधरी घोषित भएका थिए । वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ ।
कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिनको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।