विराटनगर: इलाम २ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।
१,२ र ३ नम्बरमा कांग्रेसका डम्बर खड्काले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन् । वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेका सुहाङले २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् ।
वडा नम्बर ४ को गणना सकिदा सुहाङले तीन वटा वडाको २८ मत तिरेर ३४५ ले अग्रता लिएका हुन् ।
प्रकाशित :- २०८१ बैशाख १६, गते आईतवार