धनगढीः भारतको पलियाबाट लागुऔषधसहित दुई नेपाली पक्राउ परेका छन्। ३ सय ९० ग्राम लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।
पलिया प्रहरीका अनुसार अंकित माल्या र बिक्की नेपालीलाई पक्राउ गरिएको हो। प्रहरीले सोमबार राति उनीहरूलाई ३ सय ९० ग्राम लागुऔषध, नगद र आइफोनसहित पक्राउ गरेको छ।
प्रहरीले बिक्की नेपालीबाट १ सय ३० ग्राम लागुऔषध र अङ्कित मालियाबाट २ सय ६० ग्राम लागुऔषध बरामद गरिएको छ।
उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको छ। उनीहरूलाई पलिया प्रहरीले आवश्यक कारबाही सुरु गरेको छ।