धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्ति भएपछि पद बदरकाे रिट सर्वोच्च अदालतमा दर्ता भएको भयो । सोही रिटमा आज सुनुवाइ हुने भएको छ।
नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले आइतबार सोडारीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकोमा आज सुनुवाई हुने भएको हो। ‘‘नेपालको संविधानको धारा १६८ (२) बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार सञ्चालन गर्न दिनु पर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू बाट च्युत भई मलाई सो अवसरबाट जबरजस्त वञ्चित गरेको” निवेदक लक्ष्मणकिशोरको दाबी छ।
उनले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग समेत गरेका थिए।
चौधरीले दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गरेका छन्।