
नेपालगन्ज: बाँकेको हर्बल उद्योगमा बिहीबार बिहान ७ बजे तिर आगलागी भएको छ। जिल्लाको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रा.लिमा आगलागी भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

डिएसपीका अनुसार उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको हो । मुख्य गोदाम भने सुरक्षित रहेको डिएसपी डाँगीले बताए। उनले भने, ‘आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। करिब ९० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ ।’
आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको डिएसपी डाँगीले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आएपछि भौतिक क्षतिबारे थाहा उनको भनाई छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ।
