धनगढी : नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले सुदूरपश्चिम प्रदेशकाे संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई फोन गरेका गठबन्धनका बिरुद्द नजान चेतावनी दिएको छ ।

प्रदेश सरकार गठनको सन्दर्भलाई केन्द्रीय गठबन्धनको निर्णय विपरीत संसदीय दल विभाजन हुन लागेपछि अध्यक्ष नेपालले संसदीय दलका नेता सोडारीलाई फोन गरेर गठबन्धनको निर्णय विपरीत नजान चेतावनी दिएका हुन्।
समाजवादीका सांसद प्रकाश रावलले अध्यक्ष नेपाल र महासचिव भुसालले फोनमार्फत कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनतिर नलाग्न निर्देशन दिएको बताए।
उनले भने, “उहाँहरूले गठबन्धनमा भएको सहमति पालना गर्नु र कांग्रेसतिर नलाग्नु भन्ने सुझाव दिनुभएको छ, उहाँहरूले संसदीय दलका नेतालाई फोन गर्नुभएको थियो ।”
त्यसो त सोडारी आफैँ मुख्यमन्त्रीको आकांक्षी हुन् । केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादी गर्ने भन्ने सहमति जुटेको थियो। तर, अन्तिममा केन्द्रीय गठबन्धनभित्रै नागरिक उन्मुक्ति पार्टीलाई दिने समझदारी बन्यो।
त्यसपछि मुख्यमन्त्री बन्ने सपना देखेका सोडारीले उन्मुक्तिका रेशम चौधरी पक्ष र नेपाली कांग्रेसलाई साथ दिन लागेका थिए।



