
सुखड : शुक्रबार कैलालीको घोडाघोडी नगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को वार्षिक परीक्षाकाे नजिता सार्वजनिक गर्यो । जसमा ३ सरकारी विद्यालयको नतिजा भने शून्य आयो ।

सहभागी ४७ विद्यालय मध्ये ३ विद्यालयका कुनै पनि विद्यार्थी ९ कक्षा पढ्न योग्य नभएका शिक्षा शाखाका प्रमुख खगेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार ग्रेड वृद्धिको परीक्षा हुन बाँकी रहेकाले शून्य नतिजा आएका विद्यालयले सुधार गर्ने मौका रहेको छ ।
नतिजा शून्य आउनेमा विराट सनातन धर्म सांस्कृतिक विद्यापाठ माध्यमिक विद्यालय घोडाघोडी, गंगरी आधारभूत विद्यालय बगुलिया र राष्ट्रिय माध्यमिक विद्यालय नकफोडुवा रहेका छन् ।
सामुदायिक र संस्थागत गरी कुल ४७ वटा विद्यालयका करिब २ हजार ३९ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । उनीहरू मध्ये ६ सय ४९ जनाले मात्र पहिलो चरणमै ९ कक्षामा भर्ना हुन पाउने गरी ग्रेड कटाएका छन् । भने बाँकीले मौका परीक्षा दिनु पर्ने छ ।
विगतमा घोडाघोडीलाई प्रभावित बनाएर, ग्रेड दिन लगाएर सत प्रतिशत नतिजा हासिल गर्न अभ्यस्त विद्यालयहरूलाई यो पटक भने झट्का लागेको जनाइएको छ । यो पटक नगरले परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनमा कडाइ गरेपछि सबै विद्यालयहरूको नतिजा झस्काउने गरी खस्किएको छ ।
