
सुखड : भारतमा जारी १७ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२४ मा अपराजित कायम गरेको एकमात्र टोली राजस्थान रोयल्सकाे आफ्नो पाँचौं खेलमा आएर पराजित भएको छ । बुधबार राति सम्पन्न खेलमा गुजरात टाईटन्सले उसले ३ विकेटले पाखा लगायो ।

पहिलो हार बेहोरेको हो । राजस्थान आफ्नो पाँचौं खेलमा आएर पराजित भएको हो । उसले लगातार चार खेलमा जित हात पारेको थियो ।
राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा पूरा गर्दै ३ विकेटको सनसनीपूर्ण जित हात पार्यो ।
अन्तिम ६ बलमा १५ रन चाहिएको चाहिएको गुजरातका लागि जितका नायक बने राशिद खान । उनले राजस्थानका बलर आवेश खानको पहिलो बलमा चौका प्रहार गरे । त्यस्तै दोस्रो बलमा दुई रन बटुलेका राशिदले तेस्रो बलमा पुनः चौका प्रहार गरे ।
अब बाँकी थियो ३ बलमा ५ रन आवश्यक चौथो बलमा उनले एक रन बटुले । त्यसपछि पाँचौं बलमा राहुल टेवाटिया ३ रन लिने धुनमा जोस बट्लरको हातबाट रन आउटकाे सिकार हुन पुगे ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा राशिदले फेरि चौका प्रहार गर्दै गुजरातलाई रोमाञ्चक जित दिलाए । जित दिलाएका राशिद ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
गुजरातका लागि कप्तान तथा ओपनर ब्याट्सम्यान शुभमन गिलले सर्वाधिक ७२ रनकाे अर्धशतकीय पारी खेलेका थिए । यस्तै अर्का ओपनर साइ सुदर्शनले ३५ तथा राशिदले ११ बलमा २४ रन जोड्दा टेवाटियाले २२ रन जोडे ।
बलिङ तर्फ राजस्थानका कुलदीप सेनले ३ तथा युजवेन्द्र चहलले २ विकेट हात पार्दा आवेश खानले १ विकेट लिए ।
त्यस अघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा मात्र ३ विकेट मात्र गुमाएर १ सय ९६ रनकाे विशाल लक्ष्य तयार गरेको थियो ।
उसका लागि रियान परागले सर्वाधिक ७६ रन तथा कप्तान सञ्जु सामसुनले ६८ रनकाे अर्धशतकीय पारी खेल्दै टोलीलाई विशाल लक्ष्य तिर लग्न ठूलो भूमिका खेलेका थिए ।
त्यस्तै यशस्वी जैसवालले २४ रन जोड्दा अन्तिम समयमा ब्याटिङ गर्न आएका शिमरोन हेटमायर पाँच बलको सामना गर्दै एक चौका र एक छक्काकाे मद्दतमा १३ रनमा अविजित रहे ।
गुजरातका लागि उमेश यादव, राशिद र मोहित शर्माले समान १ विकेट हात पारे ।
जित पछि गुजरात ६ खेलमा तिनमा जित हासिल गर्दै अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ । राजस्थान ५ खेलमा ८ अङ्क सहित पराजित भएपनि तालिकाको शीर्ष स्थानमा छ ।
आईपीएल क्रिकेटमा बिहीबार आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्ने भएका छन् ।
मुम्बई अङ्क तालिकाको आठौं स्थानमा छ भने बेंगलुरु नवौँ स्थानमा रहेको छ ।