
घोडाघोडी नगरपालिकाले लिएको नगर स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा पिस लाइट बोर्डिङ स्कुलले सत प्रतिशत नतिजा ल्याएको छ ।

नगरपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको नतिजामा पिस लाइटबाट १९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा सबै विद्यार्थी उत्तीर्ण भएका हुन ।
घोडाघोडी नगरपालिकाले चैत २ गतेदेखि ९ गतेसम्म नगर स्तरीय कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गरेको थियो । जसमा जम्मा ४७ विद्यालय सहभागी भएका थिए । जसमध्ये १० ओटा संस्थागत र ३७ सामुदायिक विद्यालय रहेका थिए ।
नगरपालिकाले निकालेको नतिजामा सामुदायिक विद्यालयको नतिजा निकै कम रहेको छ भने ३ विद्यालयको नतिजा शून्य रहेको छ।
यता संस्थापक तर्फ सहभागी १० विद्यालय मध्ये ज्ञानज्योति माध्यमिक विद्यालयले सबैभन्दा कम ७०.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदा नगरपालिकाको वडा नम्बर १ सुखडमा रहेको पिस लाइट बोर्डिङ स्कुलले भने सबै भन्दा बढी सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
संस्थापक विधालयकोतर्फ कसको कति ?
लिटिल एञ्जल इङ्लिस बोर्डिङ स्कुलले ९१.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दोस्रो नगर भरिमा दोस्रो स्थानमा छ । जसबाट १२ जना विद्यार्थी सहभागी भएकामा ११ जना उत्तीर्ण भए ।
न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले ८७.५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै तेस्रो स्थानमा छ । न्यू स्टारबाट २४ जना परीक्षार्थी सहभागी भएकामा २१ जना उत्तीर्ण भएका छन् ।

नगर स्तरीय परीक्षा २०८० मा संस्थागत तर्फबाट जम्मा २ सय २५ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । जसमा १ सय ८९ जना अर्थात् ८४ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् ।
नगरपालिका भरी पिस लाइट इङ्गलिस बोर्डिङ स्कुल मात्र सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ।