कैलाली : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशकाे संसदीय दलको नेतामा कैलाश चौधरीलाई तोकेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले यस अघि संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई बर्खास्त गर्दै कैलाशलाई दलको नेता तोकेकी हुन् ।
अध्यक्ष श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै पार्टीको चैत्र २५ गते सोमबार बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय उल्लेख गर्दै यस अघिका संसदीय दलकाे नेताका रुपमा घनश्याम चौधरीले काम काज गर्ने सहमति भएकोमा उनले दलको निर्देशनको पालना नगरेकोले हटाइएको जनाइएको छ ।
यस अघि अध्यक्ष श्रेष्ठले प्रदेश सांसद इन्दिरा गिरीलाई पद मुक्त समेत गरेकी थिइन् ।