सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने र नदिने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टीमा थप विवाद सिर्जना भएको छ ।
अध्यक्ष रन्जिता श्रेष्ठले प्रदेश सरकारको नेतृत्व गरेका कांग्रेसका कमल बहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप लगाएकी छन् ।
तर यता सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।
मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिँदै छन् ।
सोही अवस्थाले मुख्यमन्त्री शाह झनै अप्ठ्यारोमा पर्ने देखिन्छन् । मुख्यमन्त्री शाहलाई कांग्रेससहित नागरिक उन्मुक्ति, राप्रपा र एक स्वतन्त्र सांसदको समेत मत आवश्यक पर्ने छ । तर नागरिकबाट दुई किसिमका विज्ञप्तिले उनी अप्ठ्यारोमा परेका छन्।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।
जहाँ विश्वासको मतको लागि २७ मत आवश्यक पर्ने गर्दछ ।