फिजियोथेरापी संघ सुदूरपश्चिम शाखाको प्रदेश वार्षिक साधारण सभा शनिवार कैलालीको गोदावरीमा सम्पन्न भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका २ मा सम्पन्न साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ समिति चयन गरेको छ । साधारण सभाले निर्वाचन प्रक्रियाबाट पदाधिकारीको टुङ्गो लगाएको थियो ।
पदाधिकारीका लागि भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार द्वय डाक्टर युवराज पाण्डे र डाक्टर अशोक मणि रिमालले बराबर मत प्राप्त गरे । निर्वाचन प्रक्रियाबाट बराबर मत लगाएको उम्मेदवार द्वय रिमाल र पाण्डेले आलोपालो अध्यक्ष पदको जिम्मेवारी निर्वाह गर्ने भएका छन् ।
तीन वर्षे कार्यकालमा सुरुवाती डेढ वर्ष (१वर्ष ६ महिना) पाण्डेले अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । भने, पछिल्लो डेढ वर्ष रिमालले सम्हाल्ने सहमति बनेको छ ।
उपाध्यक्ष (निर्विरोध)
डा.नवीन ढुङ्गाना उपाध्यक्ष, डा. सुरज लेखक भने सचिवमा निर्विरोध निर्वाचित भए । त्यसैगरि कोषाध्यक्षमा डा.सुमन भट्ट पनेरु पनि निर्विरोध निर्वाचित भए ।
त्यस्तै अन्य सदस्यहरूमा डा.प्रडवल जोशी, डा.शसाङकी चटौत, डा.आरती शर्मा रिमाल, डा.सुरेन्द्र ऐर, डा.अमित यादव निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका आगामी योजनाहरू तथा तीन वर्षमा पूरा गर्ने कार्य र लक्ष्यहरू अब बस्ने कार्यसमितिको बैठक र निर्णय बाट जानकारी गराइने पनि जनाएको छ ।