![bardagoriya mela](https://nirvikpost.com/wp-content/uploads/2025/01/bardagoriya.jpg)
फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो चौथो खेलमा नेपाल आज बहराइनको सामना गर्दै छ ।
![Lamkichuha](https://nirvikpost.com/wp-content/uploads/2025/01/IMG-20250103-WA0000.jpg)
![CS hospital](https://nirvikpost.com/wp-content/uploads/2024/09/cs.jpg)
बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
![janaki ga.pa.](https://nirvikpost.com/wp-content/uploads/2025/01/janaki-gaupalika.jpg)
विश्वकप छनोटको सम्भावनालाई कायमै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ । आजको खेलमा यदि नेपाल पराजित भएमा विश्वकप र एसिया छनोट खेल्नबाट बञ्चित हुनेछ ।
नेपालले पहिलो चरणको खेलमा लाओसलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यस्तै, दोस्रो चरणको खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । दोस्रो चरणअन्तर्गत नेपालले तीनवटै खेलमा पराजय भोगेको थियो । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पहिलो खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।
![sugurkhal mela buking](https://nirvikpost.com/wp-content/uploads/2025/01/sugurkhal.jpg)
त्यसैगरी, घरेलु मैदानमा भएको यमनविरुद्धको दोस्रो खेलमा नेपाल २–० गोलअन्तरले पराजित हुन पुग्यो । यही चैत ८ गते भएको दोस्रो चरण अन्तर्गतको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।
दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन् । तीन खेलमा तीनवटैमा जित हासिल गर्दै युएई नौ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै, समान तीन खेल खेलेको बहराइन दुई खेलमा जित हासिल गर्दै ६ अङ्कका साथ दोस्रो स्थानमा छ । त्यसैगरी, तीन खेलमा तीन अङ्क बटुल्दै यमन तेस्रो स्थानमा छ । समान तीन खेल नै खेलेको नेपाल तीनै खेलमा हार व्यहोर्दै अङ्क विहीन छ ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन् । त्यसैगरी, डिफेन्डरमा अभिषेख लिम्बू, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, सनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ रहेका छन् ।
त्यस्तै, मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, समीर तामाङ, सञ्जीव विष्ट, हिसुब थपलिया र जिलेस्पीजंग कार्की छन् ।
![magi mela sugurkhal](https://nirvikpost.com/wp-content/uploads/2025/01/magi-mela.jpg)