बैतडीको डिलाशैनी गाउँपालिका–७ का ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गर्दा तीन जना घाइते भएका छन् ।
धामीले कोदालो प्रहार गरि ५६ वर्षीया आफ्नै श्रीमती पार्वती सहित डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट कोदालो प्रहारबाट घाइते भएका हुन् ।
बिहिवार बिहान ९ बजे धामीले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएका प्रहरीले बताएको छ। उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुँदैछ ।
उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिएको छ। धामीले कोदालो प्रहार गर्नुको कारण खुलेको छैन। उनी प्रहरीको नियन्त्रणमा छन् । घटनाको अनुसन्धान सुरु भएको छैन ।