कञ्चनपुरमा कारागारका कैदी एक प्रहरी र कर्मचारी होटेलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका छन्।
कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार रामसिंह धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन्।
आज (बिहीबार) उनीहरू होटेलमा भेटिएका थिए। अहिले सो विषयमा छानबिन थालिएको छ।
कञ्चनपुरका डिएसपी उमेश जोशीले अहिले नाइके बाहिर निस्केर मदिरा सेवनको विषय अनुसन्धान भइरहेको बताए। उनका अनुसार अहिले प्रहरीले कारागारसँग समन्वय गरेर अनुसन्धान थालेको छ।
यस्तै एसपी चक्रराज जोशीले प्रहरी कर्मचारीलाई भने छानबिन गरेर कारबाही गर्ने जनाए।
यता कारागारकी जेलर माया थापाले आफुलाई विषय जानकारी नभएको बताएकी छन्। म साडेपाँच बजेको समयमा अफिसबाट निस्किएकी हुँ सबै भित्र गइसकेका थिए। बाँकी मलाई थाह छैन सई सापको जिम्मेवारी हो। के भएको रहेछ भोलि बुझ्छु उनले भनिन।