बैतडीका तीन जना जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा दोषी ठहर भए । त्यसपछि तीनै जना फरार भएका थए । उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी जिल्लाको सिगास गाउँपालिका ३ बस्ने अमर सिंह धामी, मनोज सिंह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्र सिंह धामीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिएका हुन ।
जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि तीनै जनालाई अदालत समक्ष पेश गरिसकेको केसीले जनाएका छन् ।