कैलाली : नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
जिल्लाको पाटनमा जारी अधिवेशनले अध्यक्षमा नरेशकुमार बिकलाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उपसचिवमा हर्क धानुक र पार्वती भट्टलाई सर्वसम्मत चयन गरिएको जनाएको छ ।
सर्वसम्मत चयन भएका पदाधिकारीलाई आधिकारिक रूपमा घोषणा भने गर्न बाँकी छ ।
सदस्यमा पनि सहमतिको प्रयास भइरहेको एक नेताले बताएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवौं अधिवेशनको सोमबार उद्घाटन गरेका थिए ।