
बाँके : प्रहरीले बाँकेको नेपालगञ्जबाट स्रोत खुलाउन नसकेको ३८ लाख ६३ हजार रुपैयाँसहित ३ जनालाई गरेको छ ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका- १ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-१, बस्ने २० वर्षीय अनुप थारू, बर्दियाकै बारबर्दिया नगरपालिका-२, बस्ने २५ वर्षीया पूर्णिमा चौधरी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६, बस्ने ३६ वर्षीय सहिब अहमद जसगड रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
