कैलालीको घोडाघोडी नगरपालिकामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। घोडाघोडी नगरपालिका–१० स्थित स्थानीय कान्द्रा नदीमा बुधबार बिहान घोडाघोडी नगरपालिका वडा नम्बर ४ बस्ने ७० वर्षीया चुनबुदिया चौधरी मृत भेटिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
स्थानीयवासीको सूचनाको आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
शवलाई पोस्टमार्टमका लागि दोदोधरा अस्पताल लगिएको छ। प्रहरीका अनुसार चौधरी बिहान ९ बजेको समयमा केन्द्रा नदीमा दाउरा संकलन गर्न गएकी थिइन् ।
प्रकाशित :- २०८२ असार २५, गते बुधबार





