कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा बनेका संरचना हटाउन विद्यालयले डोजर चलाउने सङ्केत गरेको छ । सोमबार अन्तिम पटक सात दिने सूचना जारी गर्दै विद्यालयले संरचना धनीले आफै नहटाए बल प्रयोग गरि विद्यालयको जग्गा खाली गर्ने जनाएको हो ।
सो विद्यालयको २ बिघा जग्गा विगत २२ वर्ष देखि स्थानीहरूले कब्जामा राखेका छन् । त्यो मध्ये कित्ता नम्बर ९७ को ८ कट्ठा जग्गामा विशेष विद्यालयको भए निर्माण गर्ने भन्दै विद्यालयले गत माघ ९ गते ३५ दिने सूचना जारी गरेको थियो । तोकिएको समय सम्म पनि अटेरी गरे पछि अन्तिम पटकका लागि सोमबार सूचना सार्वजनिक गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
हाल व्यावसायिक तथा आवास प्रयोजनमा रहेको विद्यालयको जग्गा २०५८ साल देखि विभिन्न समयमा स्थानीयहरूले भाडामा लिएको अभिलेख विद्यालय सँग सुरक्षित छ तर स्थानीयहरूले आफूले प्रयोग गरेको जग्गा भाडामा नभई आफ्नै भएको दाबी गर्दै आएका छन् । सोही कारण विद्यालयको सूचनाको अटेरी भइरहेको छ । विद्यालयका अनुसार अन्तिम पटककालागि जग्गा खाली गर्न सार्वजनिक गरिएको सूचनाको समेत अटेरी गरे संरचनामा डोजर चल्ने निश्चित छ ।
प्रकाशित :- २०८० फाल्गुन १५, गते मंगलवार